यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १५ लाखको कित्ता सेयर ५ अर्ब १ करोड ७८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, खप्तड लघुवित्तमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । सिटी होटलको ९.९५%, भुगोल इनर्जिको ७.५२%, आदर्श लघुवित्तको ७.५२%, लक्ष्मी लघुवित्तको ६.६८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ५.६२%, मोलुंगा हाइड्रोपावरको ५.०४%, शुभम् पावर लिमिटेडको ४.३१% , युनिलिभर नेपालको ४.१२% र गणपति लघुवित्तको ३.६५ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स