रावा इनर्जीको आईपीओ बाँडफाँट, ७ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज जेठ ३० गते दिउँसो ४ बजे सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल ११ लाख ८५ हजार २ सय ६ वटा आवेदन परेकोमा ति मध्ये १० लाख ७७ हजार ७ सय ४० जनाको आवेदन सदर भएको छ भने १ लाख ७ हजार ४ सय ४६ जनाको आवेदन बदर भएको छ ।

आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराई सेयर बाँडफाँट गरिएको छ । जस अनुसार ६४ हजार ३ सय ६६ जनाले सेयर पाएका छन् । यी मध्ये ७ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीले जेठ १८ देखि जेठ २२ गतेसम्म सर्वसाधारणका लागि सेयर निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो ।

त्यस मध्ये ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । यस्तै जारी पुँजीको १० प्रतिशत अर्थात २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँट पश्चात बाँकि रहेको १ लाख ९२ करोड ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर मध्ये १५ हजार ४७ कित्ता कर्मचारीहरुलाई र ३७ हजार ६१६ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकि रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट नतिजा हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स