प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । जेठ २६ गते शुक्रबार कम्पनीको पाँचौं वार्षिक साधारण सभाबाट संस्थापक समूहका सेयरधनीका तर्फबाट शिक्षा भट्टचन लगायत मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुसन शेरचन सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

पाँचौं वार्षिक साधारण सभा पश्चात जेठ २८ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मतरुपमा सञ्चालक समिति अध्यक्षमा शिक्षा भट्टचनलाई चयन गरेको हो । शिक्षा भट्टचनले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट ३० गते मंगलबार सञ्चालक समिति अध्यक्षको सपथ ग्रहण लिएको हो ।

नेपाल बीमा प्राधिकरणको कार्यालयमा भएको सपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रासद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स