दर्ता नगरी सञ्चालनमा आएका चाइना पिपुल्स हस्पिटल र हाम्रो सहयात्री अस्पताल एण्ड वर्थिङ सेन्टरलाई महानगरले गर्यो सिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नै नगरी सञ्चालनमा दुई अस्पताल सिल गरेको छ । महानगरपालिकाले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल एण्ड वर्थिङ सेन्टरलाई सिल गरेको हो । दुबै अस्पताल दर्ता बिना नै सञ्चालन गरिएको थियो । सोही कारण ती दुई अस्पतालाई सिल गरिएको महानगरको स्वास्थ्य विभागका प्रमुख राम प्रसाद पौडेलले बताए ।

‘गैरकानुनी रुपमा स्वास्थ्य सेवा प्रवाहलाई रोक्न हामीले अस्पतालमा तालाबन्दी गरेका छौं,’ उनले भने ‘स्वास्थ्य सेवामा त्यस्तो गर्ने छुट कसैलाई छैन ।’ दुबै अस्पताल १५ शय्याको रहेको र अस्पताललाई महानगरले नै खारेज गर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स