साहस उर्जाको आइपीओ बाँडफाँड, ६ लाख ४४ हजारले पाए १० कित्ता

काठमाडौं । साहस उर्जाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यलयमा आज (आईतबार) आइपीओ  बाँडफाँड भएको हो ।

कम्पनीको  आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएका थिए । सो मध्ये ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन् । जसमध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले असोज ६ गते (बुधबार) देखि सर्वसाधारणका लागि साधारण सेयर जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक सेयर निष्काशन गरेको हो ।

निष्काशन गरिने प्रारम्भिक सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स