काठमाडौं । सोमबार, नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ अंक विन्दुमा आइपुगेको छ ।
आज ७४ लाख ५४ हजारको कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२६ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, अभियान लघुवित्त र कालिन्चोक दर्शन लिमिटेडकोा १०%, भुगोल इनर्जी डेभलपमेन्टको ९.९९%, सिटी होटलको ९.९८% , चन्द्रगिरी हिल्स लिमिटेडको ९.९८ प्रतिशतले सर्किट लागेको छ ।