घट्यो दुवै सुनचाँदीको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख १२ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय ४५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स