रिपब्लिक मिडियाको आईपीओमा करिब ७ लाखको आवेदन

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले जेठ २६ गते शुक्रबारदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा करिब ७ लाखको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङका अनुसार आइतबार साँझ ५ः०६ बजेसम्ममा ६ लाख ९९ हजार २१० आवेदनबाट ७६ करोड ९३ लाख १० हजार रुपैयाँ बराबरको ७६ लाख ९३ हजार १०० कित्ता सेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणको लागि निष्काशन गरेको ३६ लाख १९ हजार ८९१ कित्ता शेयरको २.१२ गुणा बढी हुन आउँछ ।

कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको छ । सो मध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार ३०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ ।

सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात २ लाख १७ हजार ६५० कित्ता र कर्मचारीहरुलाई ४ प्रतिशत अर्थात १ लाख ७४ हजार १२० कित्ता सेयर छुट्याएको थियो । कर्मचारीलाई कुल सेयर मध्ये ८० हजार १५९ कित्ता सेयरका लागि मात्रै आवेदन परेकोले बाँकी रहेको ९३ हजार ९६१ कित्ता सहित ३६ लाख २५ हजार ९३० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने प्रत्याभूति कर्तामा लक्ष्मी क्यापिटल, प्रभु क्यापिटल र सिभिल क्यापिटल लिमिटेड रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स