सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सीएसआर कार्यक्रम अन्र्तगत निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । सहयोगको स्वरुप सांग्रिला डेभलपमेन्ट बैंकले सेमी फोल्डिङ बैंक, नर्मल व्हील चेयर र आईभी स्ट्याण्ड हस्तान्तरण गरेको हो ।

गत बिहिबारका दिन सो स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ, बाँकेमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द« बहादुर खड्का र अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई सो सामान हस्तान्तरण गरियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स