आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, कसलाई कहिले ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि असार १ गतेदेखि असार १५ गतेसम्म र आम सर्वसाधारणलाई असार २० गतेदेखि असार २४ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो। त्यस्तै कम्पनीका कर्मचारीलाई ६ लाख कित्ता , सामुहिक लगानी कोषहरुलाई ६ लाख कित्ता र बाँकी ९६ लाख कित्ता आम सर्वसाधारणलाई निष्काशन हुने छ । आवेदन दिंदा न्युतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ ।

कम्पनीले आफ्ना कर्मचारी बाहेक अन्यलाई सेयरको अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३६.९१ रुपैयाँमा सेयर निष्काशन गर्ने छ । कम्पनीका कर्मचारीले भने १०० रुपैयाँमै सेयर पाउने छन्।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ८० करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ ।

नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स