आर्थिक पत्रकार नारायण सापकोटो सेयरपुर विमर्श

काठमाडौ । आर्थिक पत्रकार नारायण प्रसाद सापकोटाद्वारा लिखित उपन्यास ‘सेयरपुर’को विमर्श कार्यक्रम सम्मन्न भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उपन्यास सेयरपुरको विमर्श गरिएको हो।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफू पनि नेपालमा विरक्त लागेर विदेश २० वर्ष बसेको र अहिले पुनः नेपालमै फर्किएर काम गरिरहेको बताए । नेपालको सेयर बजार सानो रहेको तर यसभित्र थुप्रै विकृति पनि भएकाले बजारलाई पारदर्शी बनाउन प्रतिस्पर्धामा लैजान लागेको बताए ।

पहिलोपटक सेयर बजारमा पूर्णरुपमा काम गर्ने डिलरसीप ल्याउन लागेको बताए । उनले ब्रोकर लाइसेन्स दिँंदा कसैसँग चियासमेत नखाएको दाबी गरे। ईमान्दार भएर ५ वटा मापदण्ड अनुसार ब्रोकरको लाइसेन्स दिंदा सरकारले ठूलो राजस्व प्राप्त गरेको उनको भनाइ छ । मापदण्ड पुगेका सबैले ब्रोकर लाइसेन्स पाउने उनले बताए ।

यो पटक ३५ दिनभित्र ४३ वटा कम्पनीलाई लाइसेन्स दिइएको उनले बताए । यसले बजारमा प्रतिस्पर्धा बढ्ने, लागत घट्नेछ। ब्रोकरका बीचमा प्रतिस्पर्धा बढेपछि कमिशनको माथिल्लो दर तोक्ने र तल्लो दर खुला छोड्नुपर्ने अध्यक्ष हमालले बताए ।

लेखक सापकोटाले सेयर बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको बताए । उनले अक्सन मार्केट, सस्ट सेल गर्न सक्ने लगायतका व्यवस्था लागू गर्न आग्रह गरे । सापकोटाले छिमेकी भारतको सेयर बजारमा धेरै टुल्सहरु विकास भइसकेको पनि स्मरण गराए ।

सापकोटाले राजधानी, नयाँ पत्रिका, नेपाल एफएम, ईमेज च्यानल र नागरिक दैनिकमा काम गरिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स