सेबोनद्वारा नेशनल हाइड्रोपावरलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको छ । सेबोनले जेठ २२ गते कम्पनीलाई चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो।

सेबोनले कम्पनीलाई १ः०.५ अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको छ।

सेबोनको अनुमतिसँगै अब नेसनल हाइड्रोपावरले चुक्तापुँजीको ५० प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ४५ हजार ९७२ रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७२ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।

यसैबीच आज बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिसकेको छ।

कम्पनीले हकप्रद सेयर जारी गर्न आउँदो असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स