काठमाडौं । बुधबार, नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ अंक विन्दुमा आइपुगेको छ ।
आज ६५ लाख ४१ हजारको कित्ता सेयर २ अर्ब ३६ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, युनिक नेपाल लघुवित्तको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ । खप्तड लघुवित्तको ८.०२%, स्वावलम्भन लघुवित्तको ५.९६%, साल्ट ट्रेनिङको ५.४२% र सगरमाथा जलविद्युतको ५.१७ प्रतिशतले सेयर मूल्य बढेको छ ।