करिब साढे २ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री गर्ने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन नेप्से सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज ६५ लाख ४१ हजारको कित्ता सेयर २ अर्ब ३६ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड १३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड ९७ लाख, नागरिक लगानी कोषको ६ करोड ९० लाख, नेपाल टेलिकमको ६ करोड ५२ लाख र आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको ५ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स