काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्त वित्तीय संस्थालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।
राष्ट्र बैंकले जेठ २३ गते दुई लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
गत चैत २९ गते दुई संस्थाबीच गाभ्नेरगाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो।
आशा लघुवित्तको चुक्तापूँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, राष्ट्र उत्थानको चुक्तापूँजी २६ करोड रुपैयाँ रहेको छ ।
आशा लघुवित्तको केन्द्रीय कार्यालय नुवाकोटको ककनीमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।