आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ। सेबोनले आज (जेठ २३ गते) कम्पनीलाई आईपीओ निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको हो । कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतबराबरको सेयर जारी गर्ने छ ।

सेबोनको अनुमतिसँगै अब कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीले १०० अंकित दरमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँ आईपीओ बिक्री खुला गर्नेछ।

कम्पनीले निवेदन दिँदा भने प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो। जसमा १७६ रुपैयाँ प्रिमियम जोडिएको थियो। सेबोनले प्रिमियम मूल्य घटाएर १३६.९१ रुपैयाँ कायम गरेको हो।

कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ६ लाख कित्ता छुट्याएको छ। बाँकी १ करोड १४ लाख कित्तामा सर्वसाधारण (कर्मचारी र सामूहिक लगानी कोषसहित)ले आवेदन दिन पाउनेछन्।

यो आईपीओ बिक्रीबाट कम्पनीले २ अर्ब ७६ करोड ७ लाख ६४ हजार रुपैयाँ जुटाउनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

योसँगै आईएमई लाइफ नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्काशन गर्ने कम्पनी भएको छ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स