सिटिजन्स बैंकका ग्राहकलाई नयाँबानेश्वर मल्टीप्लेक्स सेन्टरमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकले काठमाडौंको नयाँबानेश्वस्थित नयाँबानेश्वर मल्टीप्लेक्स सेन्टर प्रालिमा विशेष छुट पाउने भएका छन्।

छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले नयाँबानेश्वर मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल, ओरिफ्लेम, जोकी, सिद्धार्थ फार्मेसी, प्रिज्म इफेक्ट, भीआर गेमिङ जोन, फेड हुड, ब्लायक रोज, डी डा कलेक्सन, माहा ज्वलरी, बेन्चमार्क, आशिका मेकअप स्टुडियो, जंगल रेस्टुरेन्ट, अटायर फर यू, डाँफे र श्यामाज हर्बल ब्युटी सलुन एन्ड टे«निङ सेन्टर गरी १८ वटा पसलmमा ३०५ सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ७२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स