वुलिंङ एयर इभी किन्दा इलेक्ट्रिक ६० किमी गुड्ने साइकल उपहार

काठमाडौं । नेपाली कर्पोरेट हाउसको इतिहास मा ३१ वर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को विश्वास जित्न सफल ग्रुप को रुपमा परिचित कम्पनी बज्र ग्रुप हो । विश्वको विभिन्न प्रसिद्व ब्राण्ड नेपाल मा ३१ वर्ष देखी बिक्री गर्दै आएको बज्र ग्रुप अन्तर्गत को कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा वुलिङ ब्रान्डको को इलेक्ट्रिक कार बिक्रि वितरण गर्दै आइरहेको छ ।

इन्डोनेसिन कार वुलिंङ हाल नेपाली बजार २०० र ३०० कि मि को रेन्ज मा उपलब्ध छ । वुलिंङ इलेक्ट्रिक कार रिमोट बाट नै चालु हुने सजिलै घर मा चार्ज गर्न मिल्ने र १०० रूपैयाँमा ३०० कि मि हिड्न मिल्ने कार हो । यो कार चढेपछी खर्चको बचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्स मा खर्च नहुने , वातावरण स्वस्छ हुने हुनाले कम्पनीले वुलिंङ खरिद गर्ने ग्राहकलाई ६० किमी माइलेज दिने बोस मोटर्स भएको सामसुंङ को ब्याट्री भएको इलेक्ट्रिक साइकल निःशुल्क उपलब्ध गराउने स्किम लागु गरेको छ ।

यो योजना जेष्ठ २३ बाट कम्पनीले प्रारम्भ गरेको छ र यदि वुलिंग कार खरिद गर्न चाहेमा नजिकको वुलिंङ इलेक्ट्रिक शोरुममा नक्साल , भक्तपुर राधेराधे , भैसेपाटी शोरुम मा सम्पर्क गर्न सकिने बताइएको छ ।

नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्ड को रुपमा वुलिंग यएर इ भी कार लाइ चिनिन्छ वुलिंङ बहुरास्त्रिय कम्पनी भएकोले गर्दा अन्तरास्ट्रिय बजारमा राम्रो बिक्रि गरि बजार हिस्सा ओगट्न सफल छ । यो कारलाई बजेट कार को रुपमा पनि चिनिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स