यति धेरैले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले बढेर १ लाख १२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय २० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स