एफपीओ र बार्गेन पर्चेज गेन करमा चित्त नबुझे अदालत जान सक्नेः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्ती डा. प्रकाश शरण महतले एफपीओ र मर्जर एक्विजिशसनको बार्गेन पर्चेज गेनको करमा चित्त नबुझ्नेहरू अदालत जान सक्ने बताएका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले आर्थिक विधेयकको व्यवस्थाबारे चित्त नबुझ्नेहरु अदालत जान सक्ने बताएका हुन् । उनले अदालत गएर कानुनीे व्याख्या गराएर आउन पनि बैंकहरूलाई सुझाव दिए ।

‘बैंकको करको विषयमा महालेखाले बेरुजू लेख्यो,’ उनले भने ‘यी विषयमा उठाउनु पर्ने किन नउठाएको भनि कानुनी प्रश्न हो । कानुनको अन्तिम व्याख्या गर्ने अधिकार अदालतको हो, चित्त नबुझ्नेहरु अदालत गए हुन्छ ।’

मन्त्री डा. महतले सेयर बजारमा साना र सोझा लगानीकर्ताहरुलाई फसाएर ठूला लगानीकर्ताले लाभ लिइरहेको आरोप पनि लगाए । उनले त्यस्तो अवस्थाको तथ्य पत्ता लगाउन छानविन गरिनुपर्नेमा पनि जोड दिए । मन्त्री डा. महतले करको दरमा मनपरी गर्न नपाएर केहि व्यावसायीहरु रिसाएको आरोप पनि लगाए ।

महालेखा परिक्षकको कार्यालयले नै बेरुजु लेखेको हुनाले आफुले आर्थिक बिधेयकमा समावेश गरेर छुट सुबिधा दिएको दावी पनि उनले गरे ।

आफूमाथी लागेको आरोपको पुष्टि गर्न मन्त्री महतले चुनौति दिए । मन्त्री महतले भने–‘म सबै सामू चुनौति दिन चाहान्छु आरोपको पुष्टी गर्न सबै राजस्व कै कर्मचारीहरु बसेर हस्ताक्षर गरी राजस्वको दर टुङग्याइएको छ, कसैको प्रभाव छैन।’ बजेट अघि मन्त्रालयमा प्रवेश नै नदिएका व्यक्तिहरू रिसाएका मन्त्री महतले बताए।

‘संसदिय क्षेत्र पूर्वाधार विकास कार्यक्रम हो, यसलाई कोष भन्न मिल्दैन् । यसमा सम्बन्धित सासंदको सुझाव मात्रै हुन्छ । सांसंदले सिफारिश मात्रै गर्ने हो । यो सम्बन्धित मन्त्रालयले नै खर्च गर्ने हो । यो पुँजीगत खर्च हो । सासंदहरूले आफू खुशी गर्ने होइनन । उनीहरूको रोल कार्यक्रम छनोट मात्रै हो। यसलाई विवादित बनाउनु पर्ने कुनै कारण छैन्।’, मन्त्री डा. महतले भने ।

उनले आन्तरिक ऋण न्यून उठाउनुपर्नेमा आफू पनि कन्भिन्स भएको पनि बताए । ‘हाम्रो इच्छा त आन्तरिक ऋण कम लिगौं भन्ने हुन्छ । हामी जुन डेडिकेसनमा काम गरिरहेका छौं। बजेटले लिएको लक्ष्य पुरा गर्न सकिन्छ ।’, डा. महतले भने ।

राजस्वको टिप्पणी गर्दा सुरुमा बजेट राम्रो हुने र करको दर हेर्दा अप्ठ्यारोमा परेका छन् भन्ने विषय बारे आफु जानकार रहेको पनि बताए । निजी क्षेत्रको स्वदेशी उद्योग जोगाउन भनि माग गरेका छन् ।

म इमान्दार मान्छे हुँ । इमान्दारी भएर काम गरेको छु। यति काम गर्दा पनि हिलो झ्याप्ने काम गरिन्छ भने इमान्दार मान्छेको काम छैन।’ हात उठाए हुन्छ । ‘विद्युतीय गाडीमा सामान्य हेरफेर गरिएको हो । अब सबैले विद्युतीय गाडी नै चलनचल्तीमा आउने हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स