करिब दुई अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री गर्ने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ अंक विन्दुमा आइपुगेको छ ।

आज ५६ लाख २० हजारको कित्ता सेयर १ अर्ब ९७ करोड ३४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६६ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड ८९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको ९ करोड ९८ लाख, चिलिमे हाइड्रोपावरको ९ करोड १९ लाख, सानिमा माई हाइड्रोपावरको ७ करोड ४७ लाख र सोल्टी होटलको ७ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स