नेशनल लाईफ इन्स्योरेन्सको ३५ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको ३५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज जेठ २२ गते कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो ।

सभामा अध्यक्षले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७८÷०७९ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा व्यक्त गरिन् ।

आ.व.२०७८÷०७९ मा कम्पनीको सबै वित्तिय सूचांकहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १५ प्रतिशतले बृद्धि भई १,४४०.७६ करोड पुगेको छ । जीवन बीमा कोष २०.८४ प्रतिशतले बृद्धि भई.५,०८०.४२ करोड पुगेको छ । कूल लगानी १९.८५ प्रतिशतले बृद्धि भई ४,७०३.९२ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र सो आ.व.२०७८/०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको छ ।

नियामक निकायवाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनी आफ्नो लगानी विविधिकरण गर्ने प्रक्रृयामा छ । विशेष गरी घरजग्गा ब्यवसाय र जल विद्युतमा लगानी बढाउन तर्फ कम्पनीले प्रयास गर्नेछ । यस्तै एक सहायक लगानी कम्पनी स्थापना गर्ने तर्फ पनि आ.व.२०७९÷०८० मा प्रक्रृया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

कम्पनीको नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा आ.व.२०८०/०८१ भित्र भवन निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको छ । यसवाट सो क्षेत्रमा कम्पनीको ब्यवसाय प्रवर्धन गर्न सहज हुनेछ । कम्पनीको अन्य शाखाहरुमा पनि क्रमशः यो प्रक्रृया शुरु गरिने छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ । यसै गरी कम्पनीको आ.व.२०७८/०७९ को बीमाङ्कीय मूल्यांकन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त ँगतगचभ द्ययलगक एचयखष्कष्यलष्लन गरेर बीमितहरुलाई दिइ आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले ७३,९२,८९१र( बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ ।

३५ औं वार्षिक साधारण सभाले आ.व. २०७८/०७९ को लागि अद्यावधिक चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयर वापतको कर प्रयोजनको लागि .१,९५,३८,६६१र( नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशको अतिरिक्त चुक्ता पूँजीमा ६.५ प्रतिशतको दरले थप नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ४,६४,०४,३१,८७५र( मा ८ प्रतिशतको बोनस सेयर थप भई कूल चुक्ता पूँजी ५,०१,१६,६६,४२५र( पुगेको छ र तोकिएको चुक्ता पूँजी सहज रुपमा पूरा भएको छ ।

सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गरिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स