साहज ऊर्जाको आइपीओ बाँडफाँट हुने मिति तय

काठमाडौं । साहस ऊर्जाको आइपीओ असोज १७ गते (आईतबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिनेछ । यस आइपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो । २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५.६२ गुणा धेरै हो । कम्पनीले असोज ६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक सेयर निष्काशन गरेको हो ।

निष्काशन गरिने प्रारम्भिक सेयरमध्ये ५ प्रतिशत अर्थात् ३लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँको प्रतिसेयर एक सय अंकित दरले हुने ३ करोड ५० लाख कित्ता सेयरमध्ये ३० प्रतिशत अर्थात् १ करोड ५ लाख कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । सोअनुसार प्रतिसेयर एक सय अंकित मूल्यको ३५ लाख कित्ता साधारण सेयर गत साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्काशन गरिएको थियो जसको बाँडफाँटसमेत भइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स