वार्षिक ६० लाखभन्दा बढी आम्दानी हुनेले तिर्नुपर्छ १८ लाख ५५ हजार कर, अन्यले कति ?(सूचीसहित)

काठमाडौं । आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागू हुने आयकरको दर तय गरेको छ । आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले प्राकृतिक व्यक्तिको लागि लागू हुने आयकरको दर सार्वजनिक गरेको हो ।

आर्थिक विधेयकले गरेको व्यवस्थाअनुसार वार्षिक ६० लाख रुपैयाँँभन्दा बढी कर योग्य आय हुने प्राकृतिक व्यक्तिे १८ लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ । सो आय भएका दम्पतीले भने १८ लाख २६ हजार कर तिरे पुग्नेछ ।

२० लाखदेखि माथि ५० लाख रुपैयाँसम्म कर योग्य आय भएका प्राकृतिक व्यक्ति र दम्पत्तीलाई भने आर्थिक विधेयकले करको एउटै सीमा निर्धारण गरेको छ । आर्थिक विधेयकले उनीहरूलाई १० लाख ८० हजार कर लाग्ने व्यवस्था गरेको हो ।

वार्षिक १० लाखदेखि २० लाखसम्म आय भएका दम्पतीले २ लाख ७० हजार प्राकृतिक व्यक्तिले वार्षिक ३ लाख कर तिर्नुपर्ने भएको छ । त्यसरी नै ७ लाखदेखि १० लाख आय भएका दम्पनी र प्राकृतिक व्यक्ति ६० हजार, ५ लाखदेखि ७ लाखसम्म आय भएकाले २० हजार र पाँच लाख आय भएका एकलले ५ हजार र ६ लाख आय भएका दम्पत्तीले ६ हजार कर तिरे पुग्नेछ ।

त्यसरी नै सरकारले दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको करयोग्य आयबाट घटाउन सकिने व्यवस्था गरेको छ । ‘क’ वर्गको दुर्गममा कार्यरत कर्मचारीको करयोग्य आयबाट ५० हजार, ‘ख’ वर्गमा ४० हजार, ‘ग’ वर्गको क्षेत्रमा काम गर्नेको ३० हजार, ‘घ’ वर्गमा काम गर्नेलाई २० हजार र ‘ङ’ वर्गका क्षेत्रमा कार्यरत कर्मचारीहरूले १० हजार करयोग्य आयमा छुट पाउने छन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/06/income.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स