रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको रिलायबल म्यादी जीवन बीमा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको रिलायबल म्यादी जीवन बीमा गरेको छ ।

बुधवार क्रिकेट खेलाडीहरुको म्यादी जीवन बीमा गरेको कम्पनीले जानएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेलाडीको बीमा गरेको इन्स्योरेन्सले जनाएको छ ।

उक्त बीमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई सानो सहयोगले अझै बढी प्रोत्साहज मिल्ने विश्वास व्यक्त गरे । कम्पनीले हालसम्म ५० लाख भन्दा बढी बीमा लेखहरु जारी गरी आफ्नो छुटै पहिचान राखेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स