कृषि विकास बैंकमा १७९ जनाका लागि रोजगारीको अवसर

काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै १७९ जनाका लागि दरखास्त आह्वान गरेको हो । बैंकले नवौंदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो ।

जसअनुसार, बैंकले प्रशासनतर्फ लेखापाल सहायक ७२ जना, प्रशासनतर्फ व्यवसाय सहायक ३६ जना, प्राविधिकतर्फ ऋण सहायक ६ जना, कर्जा अधिर्कत ९ जना, आईटी इन्जिनियर १ जना, कानूनी अधिकृत २ जना, ब्यवस्थापकिय सूचना प्रणाली अधिकृत ३ जना, व्यवसाय अधिकृत ३८ जना र आईटीतर्फ वरिष्ठ इन्जिनियर १ जना माग गरेको छ ।

त्यसका साथै, वरिष्ठ लेखा अधिकृत (सीए) ६, शाखा अधिकृत ४ र वरिष्ठ शाखा प्रमुख १ जना माग गरेको हो । जसका लागि शैक्षिक योग्यता प्लसटू उत्तिर्णदेखि विभिन्न विषय लिई स्नाकोत्तर उत्तिर्ण गरेको हुनु पर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ७ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिनेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/06/3.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स