निक्षेपमा सर्वसाधारणको योगदान ६० प्रतिशतभन्दा बढी

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा सर्वसाधारणहरूको योगदान ६०.८६ प्रतिशतभन्दा बढी रहेको छ । देशमा सञ्चालित २१ वटा वाणिज्य बैकहरूमा चैत अन्तिमसम्म कुल ४८ खर्ब ३१ अर्ब ८० करोड निक्षेप रहेको छ सो निक्षेपमध्ये सर्वसाधारणको २९ खर्ब ४२ अर्ब निक्षेप रहेको नेपाल राष्ट्र बैंकले हालै प्रकाश गरेको वाणिज्य बैंकहरूको फाइनान्सियल इन्डिकेशरमा उल्लेख गरिएको छ । वाणिज्य बैंकहरूमा संस्थागत निक्षेपभन्दा सर्वसाधारणको निक्षेप बढी हुनु राम्रो मानिन्छ ।
बैंकहरूमा भएको सर्वसाधारणको निक्षेपमध्ये ५ खर्ब ३ अर्ब सरकारी बैंकमा रहेको निक्षेप हो भने २४ खर्ब ३८ अर्ब ७७ करोड निजी बैंकमा रहेको निक्षेप हो । २ वटा निजी बैंकमा सर्वसाधारणको निक्षेप २ खर्बभन्दा बढी रहेको छ भने अन्यमा त्योभन्दा कम रहेको छ ।

यसरी हेर्दा सर्वसाधारणले सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकलाई पत्याएका छन् भने नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास चैतसम्म इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यो अवधिमा नबिल बैंकले २ खर्ब ९ करोड ९ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकमा सर्वसाधारण २ खर्ब ७ अर्ब १५ करोड रहेको छ । यी तीन वटा बैंकमा भएको निक्षेप सर्वसाधारणको निक्षेप सरकारी बैंककोभन्दा बढी हो । बैकहरूले सो निक्षेपबाट कुल ४३ खर्ब ११ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स