वर्ल्डलिंकद्वारा महानगरीय ट्राफिक प्रहरीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । कम्पनीले ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वासका साथ उपहारस्वरूप इलेक्ट्रिक स्कुटर प्रधान गरेको हो ।

बुधबार कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई उक्त स्कुटर हस्तान्तरण गरेका हुन् ।

ट्राफिक प्रहरीले महिला तथा अपाङ्ग आरक्षण सिटको प्रयोग र भाडा चेक जाँचका लागि उक्त स्कुटर प्रयोगमा ल्याउनेछ । ट्राफिक प्रहरीको आवश्यकतालाई मध्यनजर गर्दै वर्ल्डलिंकले यस किसिमको सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

ट्राफिक साइरन जडित यो जापानिज स्कुटर एक पटकको चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स