काठमाडौं । बुधबार, नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ अंक विन्दुमा आइपुगेको छ ।
आज ८७ लाख ३६ हजारको कित्ता सेयर २ अर्ब ३१ करोड ५१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०३ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, आत्मनिर्भर लघुवित्तको सेयरमा १० प्रतिशतको सर्किट लागेको छ ।माइ खोला हाइड्रोपावरको ६.४३%, सिटिजन्स् म्युचुअल फण्ड १ को ५.५०% , पिपल्स् पावरको २.२८% , सयपत्री हाइड्रोपावरको २.२७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, युनिलिभर नेपाल लिमिटेडको १०%, एशियन हाइड्रोपावरको ९.७५%, युनिक्यु नेपाल लघुवित्तको ८.३५%, दोर्दी खोला जल विद्युतको ६.४२%, पाँचथर पावरको ६.४० प्रतिशतले सेयर मूल्य घटेको छ ।