काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको मर्जरलाई पूर्व स्वीकृति प्रदान गरेको छ। दुवै संस्थाको जेठ ३ गतेको पत्रानुसार सेबोनले दुवै संस्थालाई एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जान पूर्व स्वीकृति दिएको हो ।
धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ बमोजिम सामुदायिक र बिपिडब्लु लघुवित्तको मर्जरलाई पूर्वस्वीकृति प्रदान गरिएको सेबोनले जनाएको छ।
यसअघि नेपाल राष्ट्र बैंकले गत जेठ ३ गते सामुदायिक र बिपिडब्लयु लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो।
यी दुवै लघुवित्तबीच गत फागुन २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।