पप्पुसहित २३ ठेकेदार कम्पनी कालोसूचीमा(सूचीसहित)

काठमाडौं । सरकारले सर्वाधिक विवादमा फस्दै आएको पप्पु कन्स्ट्रक्सनसहित २३ वटा ठेकेदारहरूलाई कालोसूचिमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले ती ठेकेदारहरूलाई कालो सूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेहरुमा पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन, कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवनलगायतका छन् ।

सुमित रौनियार नेतृत्वको पप्पु कन्स्ट्रक्सन प्रालि र भावेश बोहोरा नेतृत्वको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालि दुई वर्षसम्म कालोसूचीमा परेका छन् । पप्पु कोशी एण्ड न्यौपाने जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरा र शहीद मार्ग सडक आयोजना लिवाङ रोल्पाको सिफारिसमा कालोसूचीमा राखिएको हो ।

मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि चितवनलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा राखिएको हो ।

यी ठेकेदार मध्ये १ नम्बरमा उल्लेखित कलेज अफ इम्प्लोइमेन्ट प्रा. लिलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको हो । २ नम्बरमा उल्लेखित ठेकेदारलाई २ वर्षको लागि त्तहा ३,४, र ५ मा उल्लेखित ठेकेदारलाई १ वर्ष ३ महिनाको लागि कालोसूचीमा राखिएको हो । बाँकिलाई भने १ वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम कार्यालयको जेठ १६ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

यी हुन् कालोसूचीमा परेकाहरु:

१. कलेज अफ इम्प्लोइमेन्ट प्रा. लि., भरतपुर, चितवन । (मुख्य व्यक्ति : मोहोन न्यौपाने)

२. पप्पु / कोशी एन्ड न्यौपाने जे.भी., नयाँ बानेश्वर, काठमाडौँ ।

पप्पु कन्स्ट्रक्सन प्रा.लि. ( मुख्य व्यक्तिः सुमित रौनियार )

कोशी एन्ड न्यौपाने निर्माण सेवा प्रा. लि. (मुख्य व्यक्ति : भावेश बोहोरा)

३. वाइ.पि. कन्स्ट्रक्सन प्रा. लि., पुल्चोक, ललितपुर । ( मुख्य व्यक्ति : सुरेन्द्र प्रसाद श्रेष्ठ )

४. सप्तकोशी जलाधार – ओम साई एन्ड कम्पनी जे.भी., काठमाडौँ।

सप्तकोशी जलाधार कम्पनी प्रा. लि.( मुख्य व्यक्तिः होम नाथ गौतम, भावेश बोहोरा)

ओम साई एन्ड कम्पनी प्रा. लि. (मुख्य व्यक्ति : सरोज गौतम)

५. सप्तकोशी जलाधार – ओम साई एन्ड कम्पनी जे.भी., काठमाडौँ ।

सप्तकोशी जलाधार कम्पनी प्रा. लि.( मुख्य व्यक्तिः भावेश बोहोरा)

ओम साई एन्ड कम्पनी प्रा. लि. (मुख्य व्यक्ति : सरोज गौतम)

६. आकृति एडभर्टाइजिङ, पोखरिया, विराटनगर, मोरङ । (मुख्य व्यक्ति : मनोज कुमार चौहान)

७. थाक ठिनी इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रा.लि., भरतपुर-११, चितवन ( मुख्य व्यक्ति : राकेश थकाली )

८. एसियन हाइटेक कन्स्ट्रक्सन प्रा. लि., हात्तीमुडा-४, मोरङ । (मुख्य व्यक्ति : सुजन थापा)

९. चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, फेटा गा.पा.-२, बारा। (मुख्य व्यक्ति : केश्वर प्रसाद गुप्ता)

१०.फैसल एन्ड अफजल कन्स्ट्रक्सन, गौर, रौतहट । ( मुख्य व्यक्ति : मोहमद मानिर शेख)

११.गौतम ऋषि कन्स्ट्रक्सन, कटहरिया न.पा.-५, रौतहट । ( मुख्य व्यक्ति : ब्रम्ह नारायण प्रसाद यादव)

१२. गिताञ्जली/सिहं/खुशी जे.भी., जनकपुर – १२, धनुषा।

गिताञ्जली निर्माण सेवा (मुख्य व्यक्तिः प्रसाद साह )

सिहं कन्स्ट्रक्सन प्रा.लि. ( मुख्य व्यक्तिः शिव कुमार महतो)

खुशी निर्माण सेवा (मुख्य व्यक्ति : नविन किशोर यादव)

१३. कमोद कन्स्ट्रक्सन प्रा. लि., मौलापुर, रौतहट । ( मुख्य व्यक्तिः प्रमोद शाह )

१४. रूबी कन्स्ट्रक्सन, मलङ्गवा-१, सर्लाही। (मुख्य व्यक्ति : मनिष कुमार झा)

१५. एच.डी. इन्टरप्राइजेज, विराटनगर – ०३, मोरङ । ( मुख्य व्यक्ति : यसोधा धनावत)

१६. हिरालाल कन्स्ट्रक्सन, वीरगञ्ज – १४, पर्सा । ( मुख्य व्यक्ति : हिरालाल प्रसाद कुर्मी)

१७. जय माँ वैष्णो देवी कन्स्ट्रक्सन, नवलपरासी । ( मुख्य व्यक्ति : प्रदिप दास पटनवार)

१८. शिरिस कन्स्ट्रक्सन, मध्यपुर ठिमी – ६, भक्तपुर । ( मुख्य व्यक्ति प्रकाश नाछिरिङ राई)

१९. सुप्रभात – शुभ अविप जे.भी., कोहलपुर, बाँके । ( मुख्य व्यक्ति : सतिश आचार्य)

२०. सर्जिकेम डिस्ट्रिब्युटर्स, घरान – १, पृथिवी मार्ग, सुनसरी । ( मुख्य व्यक्ति : उमेश कुमार अग्रवाल)

२१. टोनिका कन्स्ट्रक्सन, विराटनगर-८, मोरङ । (मुख्य व्यक्ति : रमेश कुमार महतो)

२२.त्रिजोन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा. लि., काठमाडौँ । ( मुख्य व्यक्ति : अस्विन भण्डारी)

२३. युमन निर्माण सेवा प्रा. लि., वर्दघाट ४, नवलपरासी । (मुख्य व्यक्ति : तिल कुमारी श्रेष्ठ)

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स