काठमाडौं । मंगलबार छापावाल सुनको २४ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएकोमा आज २ हजार ४ सय रूपैयाँले बढेर १ लाख १० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ९५० सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।
आज भंसार विभागबाट २०८०/८१ को बजेटमा सुनचाँदी सम्बन्धी भंसार दर प्रस्ट जवाफ प्राप्त नभएको हुँदा मोटामोटी दरभाउ निर्धारण गरिएको महासंघले जनाएको छ ।