दर्जन बैंक तथा बीमा कम्पनीलाई थपियो अर्बको दायित्व, मंसिरसम्म एफपीओबाट उठाएको प्रिमियमको कर तिर्न सरकारको निर्देशन

काठमाडौं । अब प्रिमियममा फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने कम्पनीहरुले राज्यलाई कर भुक्तानी गर्नु पर्ने भएको छ । नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयकको दफा २६ मा फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस सेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ ।

एफपीओ जारी गरेका बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुले एफपीओ जारी गर्दा आर्जन भएको प्रिमियमलाई छुट्टै जगेडा कोष बनाएर लाभांश वितरण गर्दै आएका थिए । नेपाल लाईफ, शिखर इन्स्योरेन्स एनएमबी, साविक प्रिमियर इन्स्योरेन्स, एनआईएमबी, स्ट्याण्डडर्ड चाटर्ड, एसबिआई, नेपाल बैंक र जस्ता सस्थाले अब मङ्सिरभित्र अर्बौं रकम करवापत तिर्नुपर्ने भएको छ ।

तर कुनै निकायले फर्दर पब्लिक अफरिङबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकम मध्ये आर्थिक वर्ष २०७८/०७९ सम्म हिताधिकारीलाई बोनस सेयरको रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन २०५८ को दफा ५६ को उपदफा ३ बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुने व्यवस्था गरिदिएको छ ।

सरकारले एफपीओ जारी गरेका कम्पनीहरु सँग कर असुली गर्न यस्तो नीति बनाएको हो । नेपाल लाइफले एफपीओ जारी गरेर ४ अर्ब १० करोड २७ लाख रुपैयाँ प्रिमयम आर्जन गरेको थियो । साविक नेपाल इन्भेष्टमेन्ट बैंकले पनि एफपीओ जारी गरेको थियो । नेपाल लाइफले उक्त प्रिमियमबाट राज्यलाई २५ प्रतिशतका दरले कर भुक्तानी गर्दा एक अर्ब २ करोड ५६ लाख रुपैयाँ बराबरको कर भुक्तानी गर्नु पर्ने भएको छ । यदि कम्पनीले आगामी मंसिर मसान्तभित्र कर दाखिला गरेरमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुनेछ । अन्यथा कम्पनीले ठूलो रकम हर्जनाको रुपमा भुक्तानी गर्नु पर्छ ।

त्यसैले कम्पनीले एक वर्ष लाभांश भुक्तानी गर्न सक्ने छैन । कम्पनीले एक वर्षको मुनाफा करकै रुपमा राज्यलाई भुक्तानी गर्नु पर्ने देखिन्छ । यहि अवस्था शिखरको पनि रहेको छ । शिखर इन्स्योरेन्स कम्पनीले ५५० रुपैयाँ प्रिमियममा ५ लाख १० हजार ९८८ कित्ता सेयर जारी गरेको थियो । यस बापत कम्पनीले ८ करोड ४३ लाख १३ हजार रुपैयाँ बराबरको कर भुक्तानी गर्नु पर्ने देखिएको छ ।

साविक प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि ९०४ रुपैयाँको प्रिमियममा ६ लाख ९५ हजार ९६५ कित्ता एपिओ जारी गरेको थियो । एफपीओ जारी गर्दा कम्पनीले ६२ करोड ९१ लाख५२ हजार रुपैयाँ प्रिमियम आर्जन गर्दा राज्यलाई ३० प्रतिशतका दरले १८ करोड ८७ लाख रुपैयाँ बराबरको कर भुक्तानी गर्नु पर्नेछ ।

महालेखा परिक्षकको कार्यालयले वार्गेन फर्चेज गेन र एफपीओ तथा सेयर लिलामीको प्रिमियममा १४ अर्ब रुपैयाँ भन्दा बढी कर उठाउन निर्देशन दिएको थियो । महालेखा परिक्षकको ५७ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७५/७६) को लेखापरीक्षणमा एफपीओ तथा सेयर लिलामीको प्रिमियममा २ अर्ब १३ करोड ९७ लाख रुपैयाँ कर उठाउनुपर्ने बताएको थियो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार नै सरकारले कर उठाउने नीति लिएको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स