काठमाडौं । देशमा लगानीको वातावरण सुधार गर्न ‘कन्ट्री क्रेडिट रेटिङ’ गर्ने प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ । यो विषयमा निजी क्षेत्रले धेरै पहिलादेखि नै माग गर्दै आएको थियो । विदेशी लगानी खुला गरिएका उद्योगमा लगानी भित्र्याउँदा स्वचालित प्रक्रियाबाट स्वीकृति दिइने भएको छ ।
विदेशी लगानीबाट आर्जित आयलाई पुनः लगानी गर्दा स्वीकृति लिनुनपर्ने व्यवस्था गरिने व्यवस्था गरिएको छ । निजी क्षेत्रले विदेशी वित्तीय संस्थाबाट ऋण लिने प्रक्रियालाई सरल गरिने भएको छ । विदेशी लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई पनि सरलीकृत गर्ने उल्लेख छ ।