काठमाडौं । सरकारले आगामी चार वर्षभित्र दुई वर्षभित्र सबै क्षेत्रमा बिजुली पुर्याउने घोषणा गरेको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
उनले प्रतिव्यक्ति खपत ४५० किलोवपाटप्रति घण्टा पुर्याउने बताए । उनले छिट्टै ९०० मेगावाट विद्युत प्रसारण लाइनमा थप्ने बताए । उनले वैकल्पिक ऊर्जालाई पनि प्रोत्साहन गर्ने बताएका छन् ।
सरकारले वैकल्पिक ऊर्जाको लागि १ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।