काठमाडौं । सरकारले काठमाडौं–निजगढ फाष्ट ट्याक निर्माण गर्न २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले फाष्ट ट्याक निर्माणको वाँकी ट्याक निर्माण गर्नको लागि सो बजेट विनियोजन गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संघीय संसदको दुबै सदनमा बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।