स्टार्टअपलाई प्रोत्साहन गर्नका लागि १ अर्ब २५ करोड, नवप्रवर्तन तथा अनुसन्धानमा १ प्रतिशत खर्च गरिने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटको योजनामार्फत स्टार्टअपलाई प्रोत्साहन गर्नका लागि १ अर्ब २५ करोड विनियोजन भएको छ । नवप्रवर्तन र आविष्कार अनुसन्धानका कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै इकाइ बनाइने बजेटमा उल्लेख छ ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब बजेट विनियोजन गरिएको छ । कोषमा प्रदेश र स्थानीय तहलाई समेत रकम जम्मा गर्न प्रोत्साहित गरिने जनाइएको छ । सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारसम्बन्धी कार्यक्रमलाई यसमा आबद्ध गरिने घोषणा छ ।

‘नवप्रवर्तन, आविष्कार र अनुसन्धानसम्बन्धी कार्यमा समन्वय एवं सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै इकाइ स्थापना गरिनेछ,’ बजेटमा भनिएको छ, ‘मुलुकमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप ईको सिस्टम विकास गरिनेछ । उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न काठमाडौंमा इन्क्युवेसन सेन्टर सञ्चालन गरिनेछ ।’ स्टार्टअपलाई प्रोत्साहन गर्न बजेटले १ अर्ब २५ करोड विनियोजन गरेको छ ।

मुलुकमा उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन गर्न स्टार्टअप इकोसिस्टम विकास गरिने बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले बताए । यसैगरी उद्यमशील सोच र संस्कृतिको विकास गरिनुका साथै उद्यमशील सोचलाई व्यवसायमा परिवर्तन गर्न काठमाडौंमा इनक्युवेसन सेन्टर सञ्चालन गरिने पनि बजेटमा उल्लेख छ ।

बजेट प्रस्तुत गर्दै अथमन्त्री डा. प्रकाश शरण महतले सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान नवप्रवर्तन र आविष्कारमा खर्च गरिने नीति बनाउने बताए । यसका लागि छुट्टै कोष स्थापना गर्न १ अर्ब विनियोजन भएको छ । कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिनेछ ।

गत वर्षको बजेटमा उल्लेखित निजी क्षेत्रको साझेदारीमा विज्ञानमा आधारित व्यवसाय विस्तार गर्न हेटौंडा औद्योगिक क्षेत्रका साथै सातै प्रदेशमा बिजनेस इन्क्युवेसन सेन्टर संचालन गरिने कार्यक्रम यो वर्ष परेको छैन।

यसैगरी बजेटले भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई स्टार्टअपमा लगानी गर्न प्रोत्साहन गरिनेछ। वैदेशिक लगानीलाई प्रोत्साहन गरी उद्यमशीलता तथा नवप्रवर्तन विकासमा परिचालन गरिने बजेटमा उल्लेख छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स