काठमाडौं । सरकारले न्यूनतम एक रुपैयाँ मै कम्पनी दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्न लाग्ने शुल्क पनि सरकारले खारेज गरेको छ । अर्थमन्त्री महतले उक्त शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क अथवा दस्तुर नलाग्ने बताए।