काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले समन्यायिक किसिमले बजेट बनेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । उनले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् । उनले धनी र गरिबबीचको खाडल कम गर्दै बजेटलाई समन्यायिक बनाइएको बताए ।