काठमाडौं । सरकारले आज जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । गणतन्त्र दिवसको दिन आज देशभरका सरकारी कार्यालय, बैंक, बीमा, सेयर बजार बन्द रहेका छन् ।
सार्वजनिक बिदा भएपनि केहि बैंकहरुले भने ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै आफ्नो सेवाहरु प्रदान गरेका छन् । कृषि विकास बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सानिमा बैंकले विभिन्न शाखा मार्फत बैकिङ सेवा प्रदान गरिरहेका छन् ।
१.कृषि विकास बैंक
२.लक्ष्मी बैंक
३.हिमालयन बैंक
४.सांग्रिला डेभलपमेन्ट बैंक
५. सानिमा बैंक