काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई १२.६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बिहीबार कम्पनीका सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित १२.६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
लाभांश साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।