२५ सार्वजनिक संस्थान नाफामा हुँदा सबैभन्दा बढी नाफा कमाउने नेपाल विद्युत प्राधिकरण

काठमाडौं । सरकारले आज बजेटको अघिल्लो दिन सार्वजनिक संस्थानहरूको विवरण रहेको पुस्तिका सार्वजनिक गरेको छ । देशमा सञ्चालित ४४ सार्वजनिक संस्थाहरूमध्ये २५ वटा नाफामा गएका छन्। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा थप ३ संस्थान नाफामा गएका हुन्।

अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/७९ मा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रस्तुत गर्दै उक्त आँकडा बताएका हुन्।

सरकारले यी संस्थानहरुमा सेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा २२ वटा संस्थान मात्रै नाफामा गएका थिए।

आव २०७८/७९ मा सार्वजनिक संस्थानबाट सरकारले ६ अर्ब १६ करोड रुपैयाँ लाभांश ९लगानीको जम्मा १ प्रतिशत० प्राप्त गरेको छ । सार्वजनिक संस्थानको संचालन आय ३६.२ प्रतिशतले वृद्धि भएर ५ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

‘प्रभावकारी रुपमा संचालन हुन नसकेका सार्वजनिक संस्थान तथा आवश्यक नरहेका संस्थानहरुको पहिचान गरी थप पुँजी, प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट संचालन गर्न आवश्यक देखिएको छ,’ अर्थमन्त्री महतले भने, ‘सार्वजनिक संस्थान भित्र राख्न आवश्यक संस्थानहरुको संरचनागत तथा व्यवस्थापकीय सुधार आवश्यक देखिन्छ।’

नेपाल टेलिकमलाई उछिन्दै नेपाल विद्युत प्राधिकरणले बढी नाफा आर्जन गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १३ अर्ब ३७ करोड खुदनाफा कमाउँदा टेलिकम ८ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आव मा टेलिकमले सर्वाधिक खुदनाफा कमाएको थियो ।

सरकारको स्वामित्व रहेको ५ सार्वजनिक संस्थानले आर्थिक वर्ष २०७९/८० मा कुल ३२ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।  सरकारले सार्वजनिक गरेको बढी नाफा गर्ने उच्च पाँच कम्पनीहरुले सो नाफा गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २९ करोड, नागरिक लगानी कोषले ३ अर्ब १० करोड र निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब रुपैयाँ बढी खुदनाफा आर्जन गरेको छ ।

नाफा कमाउने यी शीर्ष पाँच सार्वजनिक संस्थाले आव २०७९/८० मा कुल ३२ अर्ब २५ करोड रुपैयाँ खुदनाफा कमाएका छन्। शीर्ष पाँच बढी नाफा कमाउने संस्थानको सूचीबाट आव २०७९/८० मा नेपाल बैंक र कृषि विकास बैंक बाहिरिएका छन्।

सबैभन्दा बढी घाटामा नेपाल आयल निगम गएको छ। निगम आव २०७८/७९ मा ३८ अर्ब १७ करोड रुपैयाँ घाटामा गएको छ । नेपाल वायुसेवा निगम १७ अर्ब, नेपाल खानेपानी संस्थान ३९ करोड, दुग्ध विकास संस्थान ३७ करोड र नेपाल औषधि लिमिटेड १३ करोड रुपैयाँ घाटामा गएको छ। यी पाँच कम्पनी कुल ४० अर्ब ७८ करोड रुपैयाँ घाटामा छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स