नेप्सेमा एकैदिन थपियो तीन कम्पनीको सवा १ करोड बढी कित्ता बोनस सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तीन कम्पनीको सवा १ करोड बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ।

आइतबार, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), प्रभु इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको गरि कुल १ करोड २६ लाख ३३ हजार २५८.५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

जसअनुसार, एचआईडीसीएलको ५ प्रतिशत दरका १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता, प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत दरका ८ लाख ६४ हजार १०६.७६ कित्ता र स्वरोजगार लघुवित्तको २२ प्रतिशत दरका ११ लाख ३१ हजार १८.०७ कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स