साढे २ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री गर्ने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ अंक विन्दुमा आइपुगेको छ ।

आज ७० लाख ५० हजारको कित्ता सेयर २ अर्ब ६३ करोड ९६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ७९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको ९ करोड १३ लाख, सोल्टी होटलको ८ करोड ८६ लाख, चिलिमे हाइड्रोपावरको ८ करोड ३८ लाख र निफ्राको ७ करोड ८८लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स