लगातार घटेको सुन आज ९ सयले बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ ।

बिहीबार, सुन प्रतितोला ८८ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज भने ९ सय रूपैयाँले बढेर ८९ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदी प्रतितोला ११ सय २० रूपैयाँ कायम भएकोमा आज भने २० रूपैयाँले बढेर ११ सय ४० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स