अब नेपालका रि इन्स्योरेन्सले पुनर्बीमा गर्न अस्विकार गरेमात्रै विदेशी कम्पनीलाई पठाउन पाउने( निर्देशिकासहित)

काठमाडौं । अब बीमा कम्पनीहरुले नेपाल रि र हिमालयन रिले अस्विकार गरेको पुनर्बीमा मात्रै विदेशी कम्पनीमा पठाउन पाउनेछन् । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गरेको हो ।

प्राधिकरणले नेपाल रि र हिमालयन रिलाई विशेष संरक्षण हुने गरि बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गरेको हो । पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको तर्जुमा गरी जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न भन्दै प्राधिकरणले स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई विशेष संरक्षण गरेको छ ।

बीमा कम्पनीहरुले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी धारण गर्न नसक्ने अंशको पुनर्बीमा गराउने व्यवस्था गरेको छ । जसमा जोखिम पुरै स्वीकार गर्ने जोखिम बाहेकको बीमालेखले रक्षावरण गर्ने कुनै पनि जोखिम नछुट्ने गरी पुनर्बीमाको व्यवस्था गर्नु पर्ने भएको छ ।

बीमकले आफ्नो धारण निर्धारण गर्दा जोखिमको प्रकृति अनुसार आफ्नो खुदधारण न्यून गर्न सक्नेछ । बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नु पर्नेछ । पुनर्बीमकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार के गर्ने हो सो कुरा खुलाइ २४ घण्टा जवाफ पठाउनु पर्नेछ । पुनर्बीमा कम्पनीले प्रस्ताव अस्वीकार गरेमा बीमकले उक्त पुनर्बीमा अन्यत्र गर्न सक्नेछ ।

बीमकले आफ्नो नेटवर्थको आधारमा बीमाको प्रकार अनुसार पुनर्बीमा व्यवस्था गर्नुपर्नेछ । बीमले जारी गरेको बीमालेख अन्तर्गत प्रति बीमालेख/प्रति जोखिममा बीमकको धारण नेपाल भित्र रहेको आफ्नो नेट वर्थको अधिकतम धारण जीवन बीमकको हकमा शून्य दशमलव पाँच प्रतिशत र निर्जीवन बीमकको हकमा पाँच प्रतिशत भन्दा बढी हुनु हुँदैन ।

जीवन बीमकको हकमा प्रति बीमालेख बढीमा ५० लाख रुपैयाँसम्म धारण गर्न सकिनेछ । विदेशमा प्रधान कार्यालय रही नेपालमा शाखा कार्यालयको रुपमा कारोबार गरिरहेका बीमकको हकमा पुनर्बीमा गर्दा उक्त प्रधान कार्यालयको क्षमता बमोजिमको धारण कायम गरी पुनर्बीमा गर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स