हरित हाइड्रोजन भनेको के हो ?

हाइड्रोजन ग्यास यातायात, ऊर्जा उत्पादन र औद्योगिक गतिविधिहरूमा प्रयोग गर्न सकिन्छ । यसलाई जलाउँदा कार्बन डाइअक्साइड जस्तो हरितगृह ग्यास उत्सर्जन हुँदैन । हरितगृह ग्यास उत्सर्जन नगर्ने वायु वा सौर्य शक्तिजस्ता नवीकरणीय ऊर्जाको प्रयोग गरेर उत्पादन गरिने हाइड्रोजन ग्यासलाई हरित हाइड्रोजन नाम दिइएको हो ।

हाइड्रोजनलाई इन्धनको रुपमा कसरी प्रयोग गरिन्छ ?
रसायनको ऊर्जालाई विद्युतमा रुपान्तरण गर्ने एउटा उपकरण फ्युल सेलमा हाइड्रोजन ग्यासले अक्सिजनसँग प्रतिक्रिया गर्दा विद्युत् र पानीको बाफ निस्किन्छ । कार्बन उत्सर्जन नगरी ऊर्जा उत्पादन गर्नसक्ने क्षमता भएका कारण जीवाश्म इन्धनको सम्भावित स्वच्छ विकल्पको रुपमा हाइड्रोजनलाई लिइएको हो ।

हाइड्रोजन उत्पादन कसरी गरिन्छ ?
हाइड्रोजन ब्रह्माण्डमै सबैभन्दा प्रचुर मात्रामा पाइने रासायनिक तत्व हो । यसरी प्रचुर मात्रामा उपलब्ध भएता पनि यो ग्यासकै रुपमा प्रयोग गर्न मिल्ने मात्रामा रहेको भने हुँदैन । यो पानीजस्तै मिश्रणको रुपमा रहेको हुन्छ । त्यसैले औद्योगिक विधिहरु प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्नुपर्छ ।

प्राकृतिक ग्यास (जीवाश्म इन्धन)को सुधारका लागि यी सबै कुरा जोडिन्छन् । त्यसैगरी अन्य विधिहरु पनि रहेका छन् जस्तै इलेक्ट्रोलायसिस भनिने प्रक्रियामा पानीलाई यसका आधारभूत तत्वहरु हाइड्रोजन र अक्सिजनमा छुट्याउनका लागि विद्युतीय करेन्टको प्रयोग गरिन्छ । एजेन्सी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स