फ्रेन्च कार सिट्रोन सीथ्रीका यस्ता छन् विशेषता र मूल्य

काठमाडौं । विद्युतीय कारको माग उच्च भएसँगै विभिन्न कम्पनीले ईभी आयातलाई तिब्रता दिएका छन् । अबको केहि समयमानै सिट्रोनले नयाँ इलेक्ट्रीक कार नेपाल ल्याउन लागेका छ ।
अहिले उपलब्ध सांग्रिला मोटर्सले फ्रेन्च कार सिट्रोन सीथ्री भर्खरै ३४ लाख ४९ हजार रुपैयाँको सुरुवाती मूल्य र ३६ लाख ४९ हजार रुपैयाँसम्मको मूल्य राखेर दुई भेरिएन्टमा सार्वजनिक गरेको छ । जसले नेपाली बजारमा बिक्री हुँदै आएका निसान म्याग्नाइट, रेनो काइगर र सुजुकी इग्निससँग प्रतिस्पर्धा गर्ने देखिएको छ । मूल्य र फिचरको हिसाबले यी कारहरु उस्तै–उस्तै छन्।

सिट्रोन सीथ्री यसअघि नेपालमा बिक्री सुरु भएको सीथ्री मोडलको इलेक्ट्रीक भर्सन हो । सिट्रोनको आधिकारीक विक्रेता सँग्रिला मोटर्सले सीथ्री इलेक्ट्रीक बजारमा आउने जनाएको छ ।

ब्याट्री
सिट्रोनको सीथ्री इलेक्ट्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री लाग्छ । यसमा रहेको ४० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।

टप स्पीड

सिट्रोन ई–सीथ्रीमा दिइएको मोटरले ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्छ । यसको टप स्पीड क्षमता भने १०७ किलोमिटर प्रति घण्टासम्म हो । कम्पनीले यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित ईको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड दिएको छ ।

सिट्रोन सीथ्रीको लम्बाई ३९८१ एमएम, चौडाई १७३३ एमएम, उचाई १६०४ एमएम र ह्वीलवेस २५४० एमएम पाउन सकिन्छ । यसमा १५ इन्चको अलोय ह्वील रहेको छ ।

अन्य फिचर
सिट्रोन सीथ्री इलेक्ट्रीकमा १० इन्चको टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टमको साथमा सी–बडी कनेक्टिभिटी टेक्नोलोजी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने कनेक्टिभिटी, सिरी तथा गुगल असिस्टेन्ट सहितको भ्वाइस कमाण्ड फिचर उपलब्ध छन् ।

सुरक्षा फिचर
सीथ्रीमा सुरक्षाको लागि रेगुलर गाडीमा हुने जस्तै ड्यूल एयरब्याग, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, इन्जिन कुलिङ सिस्टम, हाई स्पीड अलर्ट सिस्टम र स्पीड सेन्सिङ अटो डोर लक लगायत छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स