प्रभु लाइफ इन्स्योरेन्सको लाभांश पारित गर्न साधारण सभा आव्हान

महालक्ष्मी लाइफसँग मर्ज प्रस्ताव पनि पेश हुने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभा जेठ २६ गते गर्ने भएको छ । सभामा उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.८% बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै, प्रभु लाइफ र महालक्ष्मी लाइफ इइन्स्योरेन्स एक–आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । यी दुई कम्पनी गाभिएर ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ । गाम्भिए पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सभामा लगिने भएको छ ।

साधारण सभा प्रयोजनका लागि प्रभु लाइफले आज जेठ १२ गते बुक क्लोज गर्दैछ । सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स