काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ५० रूपैयाँ कायम भएको छ ।